Nepal Reconstruction Authority Appreciates ANMF's work

स्वास्थ्य चौकी भवनहरुको पुनर्निर्माण

भूकम्पबाट क्षति पुगेका स्वास्थ्य चौकी भवनहरुको पुनर्निर्माण हुँदैछ । यसैक्रममा सिन्धुपाल्चोक जिल्लाको चौतारा, भीमटार, टौथली, ठूलोसिरुबारी,सिपापोखरी,पिस्कर,पेटकु, हाइबाङ्, भोटेसिपा, लिष्टिकोट, अत्तरपुर र इरकुमा स्वास्थ्य चौकी भवनहरुको पुनर्निर्माण गरिएको छ ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा पुनर्निर्माण गरिएको स्वास्थ्य चौकीको २०७३ साल असार १८ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गर्नु भयो । उहाँले सबैको सहयोगमा भूकम्पले पुर्याएको भौतिक स‌ंरचनाको पुनर्निर्माण सम्भव हुने बताउँदै आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठले भूकम्पबाट ११ सय स्वास्थ्य चौकीमा क्षति पुगेको भन्दै पछिल्लो समय पुनर्निर्माणलाई प्राथमिकता दिएर काम गरेको बताउनुभयो । सो अवसरमा फाउन्डेसनका अध्यक्ष डा. ज्योती भट्टराईले १२ वटा स्वास्थ्य चौकी भवनको साँचो स्वास्थ्य मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गर्नु भएको थियो ।

ANMF Nepal Leadership Team with NRA's CEO

ANMF Nepal Leadership Team with NRA's CEO

 

Source - http://www.nra.gov.np/news/details/111